Posts

Showing posts from November 12, 2011

माओवादीले कब्जा गरेको जग्गा फिर्ता गर्न माग

सिन्धुलीको सितलपाटी गाविस वडा नं। ३ सइनटारका इन्द्रबहादुर थापाले माओवादीले २०६३ सालमा कब्जा गरेको आफ्नो जग्गा फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउनु भएको छ । थापाले आफ्नो ३ रोपनी ८ आना जग्गा माओवादीले कब्जा गरि स्थानीय राजबहादुर थापालाई भोगचलन गन दिएको भन्दै निवेदन दर्ता गराउनु भएको हो । चलनचल्तीको मुल्यअनुसार आफ्नो जग्गाको मूल्य ६ लाख रुपैयाँ पर्ने पनि थापाले दावी गर्नुभयो । कब्जा गरिएको सम्पत्ति फिर्ता गर्ने सहमति पछि गृहमन्त्रालयबाट कब्जा घरजग्गाको निवेदन संकलन गर्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी विमलराज पोखरेलले बताउनुभयो । उहाँले थापाले दिनुभएकॊ निवेदन उपर छिटै छानविन हुने पनि जानकारी दिनुभयो ।

र्याफ्टिङका लागी कालिगण्डकीमा पर्यटकको संख्या बढ्यो

पर्यटकको लागी रमणिय स्थल कालिगण्डकी नदिमा र् याफ्टिङको लागी बिदेशी पर्यटकको संख्या बढेकेा छ । पर्वतको पाङ गाबिसको नयाँपुल तथा पर्वत र बागलुङको सिमानामा पर्ने मालढुङ्गाबाट शुरु हुने र् याफ्टिङको मज्जा लिन पर्यटकहरु आउने गरेका छन् ।  कालिगण्डकीमा पानीको छालमनोरम दृश्य´रनाबनस्पतीजलचरहरुको अवलोकनप्रदुषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गरेका छन् ।sालिगण्डकी नदिमा अहिले दैनिक करिव दुई सयको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।अहिले अमेरिकाइजरायलडेनमार्कजर्मन लगायतका मुलुकबाट पर्यटकहरु आउने गरेका छन् । पोखराका पर्यटन ब्यबसायीहरुले पर्यटकलाई कालिगण्डकीसम्म ल्याउने गरेका छन् ।

माल्दिभ्सका नेपालीहरुद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

माल्दिभ्समा रोजगार गरी बस्ने नेपालीहरुको संगठन नेपाल माल्दिभ्स मैत्री समाजले त्यहाँ रहेका नेपालीहरुको समस्याको विषयमा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाइर्् ध्यान आकर्षित गराउँदै ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा उनिहरुले माल्दिभ्समा नेपालको दुतावास नहुँदा पासपोर्ट सहित विभिन्न समस्यामा पहल गर्ने आधिकारीक निकाय नभएको भन्दै तत्काल दुतावास खोल्न पहल गर्न अग्रह गरेका छन् । त्यसैगरी नेपालमा पर्यटनको विकास र नेपाली दक्ष कामदारहरुलाई माल्दिभ्समा रोजगारीकोलागी सहज अवस्था बनाउन नेपाल रमाल्दिभ्सवीचको सिधै फ्ल्याटको ब्यवस्था गर्नु पर्ने माग पनि ज्ञापनपत्रमाउनीहरुले गरेका छन् । त्यसैगरी नेपाली कामदारलाई अधिकार र पहिचना दिनमाल्दिभ्ससँग श्रम सम्झौता गर्न पनि उनीहरुले प्रधानमन्त्रीको ध्यान आकर््षितगरेका छन् ।  माल्दिभ्समा ५ हजारको संख्यामा नेपाली कामदारहरु रहेको नेपाल माल्दिभ्स मैत्रि समाजका ुसल्लाहकार चित्रराज पौडेलले जानकारी दिनुभयो । जसमध्यै धेरै होटलमा र केही निर्माण र घरेलू कामदारको रुपमा रहेका छन् । पौडेललेहोटलमा नेपालीको माग धेरै रहे पनि विभिन्न असुविधाका कारण आवश्यकताअनुसार नेपाली कामदा

सहमति कार्यान्वयन नभए माओवादी समाप्त हुने ओलीको भनाई

नेकपा एमालेका नेता केपी शर्मा ओलीले दलहरुबिच भएको सात बुँदे सहमति कार्यान्वयन नगरे माओवादी समाप्त हुने बताउनु भएको छ । माओवादीले सबैखाले बिकल्पलाई नजिकबाट हेरेर कुनै उपाय नभएपछि बाध्यात्मक अबस्थामा सात बुँदे सहमति उहाँको भनाई थियो । उहाँले सातबुँदे सहमति कार्यान्वयन नभए माओवाद्यी समाप्त हुने भन्दै सहमति कार्यान्वयनमा गम्भीर बन्न माओवादीलाई आग्रह गर्नुभयो । विहान डडेलधुरामा पत्रकारसँग कुरा गर्दै नेता ओलीले पहिले जम्मा पाँच हजार लडाकु भए पनि पछि काङ्ग्रेस र एमालेको कमजोरीका कारण हजारौ युवा शिविरमा जम्मा भएको बताउनुभयो । माओवादीले तमासा एकातिर र ब्यबहार अर्कोतिर गर्ने गरेका कारण शान्ति प्रकृया लम्बिएको बताउँदै ओलीले अव कुनै तमासा र नाटकले काम नगर्ने बताउनुभयो ।

अमेरिका गएका दाहाल ‘सुटुक्क’ लन्डनमा

बृहत् लुम्बिनी विकास परियोजनामा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको समर्थन जुटाउन न्युयोर्क पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान लन्डन आएका छन् । उनी बिहान ९ बजे कुवेत एयरवेजबाट यहाँ उत्रेका हुन् । लुम्बिनी विकास समितिका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री दाहाललाई लिन बेलायतस्थित नेपाली राजदूत सुरेशराज चालिसे हिथ्रो विमानस्थल पुगेका थिए । आइतबार फर्कने गरी आएका दाहालको अनौपचारिक भ्रमणबारे यहाँ कसैलाई जानकारी छैन । 'उहाँ भोलि (शनिबार) दूतावास आउँछु भनेर एकजना साथीसँग जानुभयो,' राजदूत चालिसेले कान्तिपुरसँग भने, 'बेलायतमा सार्वजनिक कार्यक्रम बनेजस्तो मलाई लाग्दैन ।' माओवादी सम्बद्ध प्रगतिशील नेपाली समाज, बेलायतका अध्यक्ष रणबहादुर केसीले पनि दाहालको भ्रमणबारे अनभिज्ञता प्रकट गरे । 'आउने हल्ला सुनेको थिएँ तर हामीलाई औपचारिक खबर केही आएको छैन,' उनले बताए । दाहालले राजदूत चालिसेसँग आफ्नो न्युयोर्क भ्रमणबारे संक्षिप्त रूपमा बताएका थिए । उनले आगामी मार्चभित्र गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा महासचिव बानको संयोजकत्वमा अन्तर्राष्ट्रिय बैठक गर्ने सहमत