माल्दिभ्सका नेपालीहरुद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र



माल्दिभ्समा रोजगार गरी बस्ने नेपालीहरुको संगठन नेपाल माल्दिभ्स मैत्री समाजले त्यहाँ रहेका नेपालीहरुको समस्याको विषयमा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाइर्् ध्यान आकर्षित गराउँदै ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा उनिहरुले माल्दिभ्समा नेपालको दुतावास नहुँदा पासपोर्ट सहित विभिन्न समस्यामा पहल गर्ने आधिकारीक निकाय नभएको भन्दै तत्काल दुतावास खोल्न पहल गर्न अग्रह गरेका छन् । त्यसैगरी नेपालमा पर्यटनको विकास र नेपाली दक्ष कामदारहरुलाई माल्दिभ्समा रोजगारीकोलागी सहज अवस्था बनाउन नेपाल रमाल्दिभ्सवीचको सिधै फ्ल्याटको ब्यवस्था गर्नु पर्ने माग पनि ज्ञापनपत्रमाउनीहरुले गरेका छन् । त्यसैगरी नेपाली कामदारलाई अधिकार र पहिचना दिनमाल्दिभ्ससँग श्रम सम्झौता गर्न पनि उनीहरुले प्रधानमन्त्रीको ध्यान आकर््षितगरेका छन् ।

 माल्दिभ्समा ५ हजारको संख्यामा नेपाली कामदारहरु रहेको नेपाल माल्दिभ्स मैत्रि समाजका ुसल्लाहकार चित्रराज पौडेलले जानकारी दिनुभयो । जसमध्यै धेरैहोटलमा र केही निर्माण र घरेलू कामदारको रुपमा रहेका छन् । पौडेललेहोटलमा नेपालीको माग धेरै रहे पनि विभिन्न असुविधाका कारण आवश्यकताअनुसार नेपाली कामदार आउन नसकेको बताए । माल्दिभ्समा घरेलु कामदार रनिर्माण क्षेत्रमा काम गर्ने नेपालीको अवस्था भने राम्रो नरहेको बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री डा बाबुराम भट्टराईले हिमाल र समुद्रवीचपर्यटकमा सम्बन्ध स्थापित हुन सक्ने भन्दै माल्दिभ्सबाट नेपाल पर्यटक लैजान सिधाहवाई उडान र नेपालीको समस्या समाधान गर्न काउ_िन्सलर र दुतावासको व्यवस्था् गर्ने आश्वासन दिनुभयो । उहाँले छिट्टै नेपाल र माल्दिभ्सवीच श्रम सम्झौता गरेर नेपाली कामदारको अधिकार सुनिश्चित गर्ने तर्फ आफू सकारात्मक रहेको बताउनुभयो ।

Comments

Popular posts from this blog

Police ask for Red Light area in Kathmandu

Five couples, 16 others arrested from Banepa while having sex

Foreign ministry urges public to make passports