तराईमा बहुप्रदेश अभियान
थारू कल्याणकारिणी सभाले २०६६ साल माघ १९ र २० मा काठमाडौंमा आयोजना गरेको वृहत थारू भेलाले २४ गते गरिने मसाल जुलुस र २५ माघमा गर्ने भनी पूर्वनिर्धारित तराई वन्द कार्यक्रमलाइ पछाडि सार्ने निर्णय गरेको छ। विवाहको लगन परेकाले सो दिनको तराई वन्द स्थगित गरी आगामी दिनमा वन्दको आव्हान गर्ने निर्णय गरेको हो। बन्दको मिति पछि तोकिने छ। भेलाले आगमी फागुन १ गतेदेखि एक महिनासम्म थरुहट तराईलाई अधिकारबाट बन्चित हुनबाट बचाउन बहुप्रदेश अभियान चलाउने निर्णय गरेको छ। सो क्रममा संविधानसभाका अध्यक्ष तथा संवैधानिक समितिलाई ज्ञापनपत्र दिइनेछ भने देशभरि एक महिनासम्म जागरण अभियान चलाइने छ। यसका निमित्त सम्पूर्ण संघसंस्थाहरुलाई एकीकृत रुपमा सहभागि गराइने छ। भेलाले निम्न प्रस्तावहरु पारित गरेको छ। १) संविधानसभाको राज्य पुनर्संरचना समितिले प्रस्ताव गरेको १४ प्रदेशको खाकाले तराईका जनता ठगिएका छन् तथा नेपालका आदिवासी जनजाति समुदाय, मुस्लिम, दलित, अल्पसंख्यक समुदायको माग र चाहना पूरा भएको छैन। २) १४ प्रदेश तय गरिँदा पहाड तथा हिमालमा १२ वटा प्रदेश निर्धारण गरिँदा तराईमा दुईटा प्रदेश मात्र निर्धारण गरेर तर...