अमेरिका गएका दाहाल ‘सुटुक्क’ लन्डनमा

बृहत् लुम्बिनी विकास परियोजनामा संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनको समर्थन जुटाउन न्युयोर्क पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान लन्डन आएका छन् । उनी बिहान ९ बजे कुवेत एयरवेजबाट यहाँ उत्रेका हुन् ।
लुम्बिनी विकास समितिका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री दाहाललाई लिन बेलायतस्थित नेपाली राजदूत सुरेशराज चालिसे हिथ्रो विमानस्थल पुगेका थिए । आइतबार फर्कने गरी आएका दाहालको अनौपचारिक भ्रमणबारे यहाँ कसैलाई जानकारी छैन । 'उहाँ भोलि (शनिबार) दूतावास आउँछु भनेर एकजना साथीसँग जानुभयो,' राजदूत चालिसेले कान्तिपुरसँग भने, 'बेलायतमा सार्वजनिक कार्यक्रम बनेजस्तो मलाई लाग्दैन ।'
माओवादी सम्बद्ध प्रगतिशील नेपाली समाज, बेलायतका अध्यक्ष रणबहादुर केसीले पनि दाहालको भ्रमणबारे अनभिज्ञता प्रकट गरे । 'आउने हल्ला सुनेको थिएँ तर हामीलाई औपचारिक खबर केही आएको छैन,' उनले बताए ।
दाहालले राजदूत चालिसेसँग आफ्नो न्युयोर्क भ्रमणबारे संक्षिप्त रूपमा बताएका थिए । उनले आगामी मार्चभित्र गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा महासचिव बानको संयोजकत्वमा अन्तर्राष्ट्रिय बैठक गर्ने सहमति भएको जनाएको राजदूतले उल्लेख गरे .

Comments

Popular posts from this blog

Former APF chief Sahabir Thapa dies

Nepali Congress tilting towards directly elected executive

Mount Saipal scaled for the first time