माओवादीले कब्जा गरेको जग्गा फिर्ता गर्न माग

सिन्धुलीको सितलपाटी गाविस वडा नं। ३ सइनटारका इन्द्रबहादुर थापाले माओवादीले २०६३ सालमा कब्जा गरेको आफ्नो जग्गा फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउनु भएको छ । थापाले आफ्नो ३ रोपनी ८ आना जग्गा माओवादीले कब्जा गरि स्थानीय राजबहादुर थापालाई भोगचलन गन दिएको भन्दै निवेदन दर्ता गराउनु भएको हो ।

चलनचल्तीको मुल्यअनुसार आफ्नो जग्गाको मूल्य ६ लाख रुपैयाँ पर्ने पनि थापाले दावी गर्नुभयो । कब्जा गरिएको सम्पत्ति फिर्ता गर्ने सहमति पछि गृहमन्त्रालयबाट कब्जा घरजग्गाको निवेदन संकलन गर्न थालिएको निमित्त प्रमुख जिल्ला अधिकारी विमलराज पोखरेलले बताउनुभयो । उहाँले थापाले दिनुभएकॊ निवेदन उपर छिटै छानविन हुने पनि जानकारी दिनुभयो ।

Comments

Popular posts from this blog

Police ask for Red Light area in Kathmandu

Five couples, 16 others arrested from Banepa while having sex

Foreign ministry urges public to make passports