सहमति कार्यान्वयन नभए माओवादी समाप्त हुने ओलीको भनाई

नेकपा एमालेका नेता केपी शर्मा ओलीले दलहरुबिच भएको सात बुँदे सहमति कार्यान्वयन नगरे माओवादी समाप्त हुने बताउनु भएको छ । माओवादीले सबैखाले बिकल्पलाई नजिकबाट हेरेर कुनै उपाय नभएपछि बाध्यात्मक अबस्थामा सात बुँदे सहमति उहाँको भनाई थियो । उहाँले सातबुँदे सहमति कार्यान्वयन नभए माओवाद्यी समाप्त हुने भन्दै सहमति कार्यान्वयनमा गम्भीर बन्न माओवादीलाई आग्रह गर्नुभयो । विहान डडेलधुरामा पत्रकारसँग कुरा गर्दै नेता ओलीले पहिले जम्मा पाँच हजार लडाकु भए पनि पछि काङ्ग्रेस र एमालेको कमजोरीका कारण हजारौ युवा शिविरमा जम्मा भएको बताउनुभयो । माओवादीले तमासा एकातिर र ब्यबहार अर्कोतिर गर्ने गरेका कारण शान्ति प्रकृया लम्बिएको बताउँदै ओलीले अव कुनै तमासा र नाटकले काम नगर्ने बताउनुभयो ।


Comments

Popular posts from this blog

Police ask for Red Light area in Kathmandu

Five couples, 16 others arrested from Banepa while having sex

Foreign ministry urges public to make passports